सामूहिक लगानी बढाउँछुः अध्यक्षका प्रत्यासी रतन झा

असोज २८ । काठमाडौँ, एनआरएनए अध्यक्षका प्रत्यासी रतन झाले वैदेशिक तथा सामूहिक लगानी आर्थिक समुन्नतिको धरोहर प्रत्यक्ष वैदेशिक लगानीलाई भित्र्याउन आफ्नो उम्मेदवारी दिएको बताएका छन् । असनेपाल न्यूजसँगको संक्षिप्त कुराकानीमा उनले आर्थिक कुटनीति तथा लगानी मैत्री वातावरणको निर्माणका लागि आफ्नो उम्मेदवारी अनिवार्य भएको जिकिर गरे ।

त्यस्तै वैदेशिक रोजगारबाट आर्जित सीप, ज्ञान र पूँजिको सही परिचालन गर्न तथा सामूहिक लगानीको अवधारणा मार्फत् मात्र समृद्ध राष्ट्रको सपना पूरा हुनेमा उनको जोड छ । यसैगरी सो बचतलाई पूँजिमा परिणत गरी उत्पादनमुलक कार्यमा लगानी गर्न अभियान संचालन गर्ने तथा विप्रेषणको सही उपयोगकोलागि एनआरएन विशेष बचत योजना तथा सामाजिक सुरक्षा कोषको व्यवस्था र संचालनका लागि पहल गर्न आफू प्रतिबद्ध रहने जानकारी दिए ।

एनआरएन चुनावका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भइसकेको छ  । महाधिवेशनबाट नेतृत्वमा आउँन उम्मेदवारहरुले प्रचारप्रसारको कामलाई तीब्रता दिएका छन । वर्तमान अध्यक्ष एवं नयाँ अध्यक्षका उम्मेदवार शेष घलेले चुनावी प्रचारलाई महत्व नदिएपनि अन्य प्रायः सवै उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त देखिन्छन ।

पर्चा, ब्यानर, ब्रोसर र टिसर्टले होटल सोल्टी रंगीचंगी भएको छ ।

सम्बन्धित शिर्षकहरु