चीनद्वारा दिगो सहयोगको आश्वासन

Flag_of_the_People's_Republic_of_China.svgअसोज १९। काठमाडौँ,छिमेकी चीनले भारतको अघोषित नाकाबन्दी व्यहोरिरहेको नेपालको आपूर्ति समस्या सम्बोधन गर्न सरकारलाई दिगो विकल्पको ढाडस दिएको छ । चीनतर्फको दुई नाकालाई जतिसक्दो छिटो खुलाएर दैनिक उपभोग्य बस्तुको आयात गर्ने कूटनीतिक पहल भइरहेको जानकारी सरकारी अधिकारीहरूले दिएका छन् । भूकम्पको क्रममा पहिरो गएका कारण चीनसितका दुवै नाका अवरूद्ध छन् । चीनले दिगो समाधानका लागि सर्तसहितको विकल्प दिएको अधिकारीहरूले बताएका छन् ।

छिमेकी भारतले अघोषित नाकाबन्दी नै लगाएको भित्री निष्कर्षसहित सरकारले तत्काल र दिगो समाधानको विभिन्न विकल्पबारे आन्तरिक छलफलका क्रममा चीनले दिएको विकल्पका विषयमा विचारविमर्श भएको हो ।
सर्वसाधारण जनताको दैनिकीसँग जोडिएको इन्धन, अत्यावश्यक खाद्यान्न र औषधिलगायतका बस्तुमा पटक–पटक अवरोध गर्ने नियत भारत सरकारले राखेको निष्कर्षसहित सरकारले तत्कालका लागि भारतसँगै विभिन्न माध्यमबाट छलफल गर्ने र दिगो समाधानका लागि अर्को विकल्प तय गरेर अघि बढ्ने तयारी समेत गरेको उच्च स्रोतले बतायो । समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु