राष्ट्रपतिको राजीनामामा तगारो

sambidhan-sabhaअसोज १२ । काठमाडौँ, नयाँ संविधानले पहिलो संसद् बसेको एक महिनाभित्रै राष्ट्रपति उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख सबैले अलगअलग चरणमा राजीनामा गर्नुपर्ने व्यवस्था गरेपनि कानुनको अभावमा यसको कार्यान्वयनबारे अनेक अड्कलबाजी हुन थालेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानअनुसार संसद्को शुक्रबार बस्ने बैठकको सुरूमै राजीनामा दिने घोषणा गरेपनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखबाट त्यो प्रतिबद्धता आएको छैन । कानुनको अभावमा उक्त संवैधानिक व्यवस्था लागू गर्ने अवस्था नरहेको विज्ञ बताउँछन् ।

संसद् सुरू हुन तीन दिन बाँकी रहे पनि यो विषयलाई कसरी निकास दिने भन्ने बारे दलहरूबीच खासै गृहकार्य भएको छैन । तीन दलबीच भएको सहमति अनुसार संसद्को बैठक जारी रहेको अवस्थामा सातदिन भित्र र नभएको अवस्थामा १४ दिनभित्र नयाँ प्रधानमन्त्री चयन गर्ने, सभामुख र उपसभामुखको चयन २० दिनभित्र तथा राष्ट्रपति र उपराष्ट्रपतिको चयन एक महिनाभित्रै हुनुपर्ने प्रावधान छ । समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु