चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन जापानमा सुरु विश्वभरका साहित्यकार जापानमा

जापान, चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आजबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा सुरु भएको सम्मेलनमा भाग लिन विश्वभरका साहित्यकार जापानमा जम्मा भएका छन् ।

टोकियोको इकेगामी खाइकानमा बिहान १० बजेबाट सुरु भएको सम्मेलनमा वरिष्ठ साहित्यकार तथा समाजका संस्थापक केन्द्रीय अध्यक्ष होमनाथ सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक डा खगेन्द्रप्रसाद लुइँटेलसमेत सहभागी भएका छन्। उनीहरू सम्मेलनका लागि चार दिनअघि नै जापान पुगेका थिए । त्यस्तै अनेसासका उपाध्यक्ष तथा बरिष्ठ साहित्यकार एवम् पत्रकार भीमसेन सापकोटा पनि जापानमै छन् ।

यसअघि अमेरिका, बेलायत, अमेरिका हुँदै चौथो सम्मेलन जापानमा पहिलो पटक भएको हो ।

सम्मेलनमा भाग लिन अमेरिकाबाट श्रीमती चन्दादेवी सुवेदी,  गणेश घिमिरे, राजेश बुढाथोकी र रिपेश गुप्ता, भारतबाट बिन्दिया सुब्बा र पूर्णकुमार राई, भुटानबाट छत्रपति फुयाँल शुक्रबार टोकियो पुगेका छन्।

दुई दिवसीय सम्मेलनअन्तर्गत भोलि आइतबार सिनओकुबोमा गरिने आयोजक तथा कार्यक्रम संयोजक प्रकाश माइलाले असनेपालन्यूजलाई जानकारी दिए। सम्मेलनमा तीन दर्जनभन्दा बढी साहित्यकार सहभागी भएका छन् ।

सम्बन्धित शिर्षकहरु