चोरी गरेको रिचार्ज कार्डसहित तीनजना पक्राउ

जेठ २१ । गौशाला, महोत्तरीको धमौरा गाविसबाट चोरी गएका हजारौ रिचार्ज कार्डसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी प्रहरीले जिल्लाको धमौरा गाविस–८ बस्ने २७ वर्षीय जीतेन्द्रकुमार शर्मा, २५ वर्षीय शनाउल्लाह अन्सारी र वडा नम्बर ९ बस्ने १७ वर्षीय हैदर राईनलाई गएराती पक्राउ गरेको हो । पक्राउ परेकाका साथबाट प्रहरीले एनटिसीको रु १०० को १९ थान, एनसेलको रु १०० का १९० थान, रु ५० का ३८० थान, रु ३०० का २० थान र रु ५०० का १० थान रिचार्ज कार्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनाले धमौरा गाविस–८ मा अवस्थित अन्जनी मेडिकल हालबाट रातिको बेला ताल्चा फुटाई रु १९ हजार ९०० मूल्यको रिचार्ज कार्ड र रु ५५५ नगद चोरेको थियो ।उनीहरुलाई चोरी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु