भदौ २८ । काठमाडौँ, संविधानसभा बैठकमा सोमबार बाँकी संशोधन प्रस्ताव र संविधानका धारा–उपधाराहरु निर्णयार्थ पेश हुँदै छन् । संशोधन प्रस्तावसहित संविधानका सबै धारमा मतदान गरी भोलीसम्म समग्र विधेयक पारित गर्ने संविधानसभा सचिवालयको तयारी छ । संविधान विधेयकमा मतदानको प्रक्रिया शुरु भएको पहिलो दिन हिजो ३ वटा धारा पारित भएका छन् । संशोधन प्रस्ताव प्राप्त नभएको धारा १ र २ सर्वसम्मतिले पारित भएको थियो ।
संविधानसभा तत्काल कायम रहेका ५ सय ९८ सदस्यमध्ये ५ सय ४० सभासद संविधान निर्माणको अन्तिम प्रक्रियामा सहभागी छन् । यो कुल सदस्य संख्याको ९० दशमलव ३१ प्रतिशत हो । संविधनसभा नियमावलीअनुसार संविधानको धारा पारित गर्न कुल सदस्य संख्याको कम्तिमा दुई तिहाइ सभासद उपस्थित बैठकको दुई तिहाइ मत आवश्यक पर्छ । संशोधन प्रस्तावहरुसहित संविधान विधेयकका सबै धारा, अनुसूचि र प्रस्तावना पारित भएपछि समग्र विधेयक एकमुष्ट पारित गर्दा भने सभासद्हरुले पक्षरविपक्षमा हस्ताक्षर नै गर्नुपर्छ ।
विहान ११ बजेका लागि बोलाइएको संविधानसभा बैठक साँझ ७ बजेसम्म संचालन गर्ने सचिवालयको तयारी छ ।


![ljw]ossf] wf/f kfl/t ub}{ g]kfnsf] ;+ljwfg @)&@ sf] kl/dflh{t ljw]ossf] wf/f !, @ / # kfl/t ub}{ ;+ljwfg;efdf ;xefuL ;ef;bx? . tl:a/ M /Tg >]i7, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/09/1442156488881_RS-KTM-sambidhan-shabha-a-5-27-2-300x105.jpg)






