एमाओवादी अध्यक्ष दाहाल घेराबन्दीमा

भदौ २३ । काठमाडौँ,  संविधान निर्माणकोजारी प्रक्रियालाई लिएर एमाओवादी अध्यक्ष लगायत शीर्ष नेताहरू नै घेराबन्दीमा पर्न थालेका छन् ।  सत्तारूढ कांग्रेस– एमालेसँगको सहमतिमा संविधान निर्माण प्रprachandaक्रियामा सहभागि भएपछि अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता डा. बाबुराम भट्टराई लगायतका नेताहरू आफ्नै पार्टी नेताको दवावमा पर्न थालेका हुन् ।  थारू, मधेशीका माग सम्बोधन नगरी बलजफ्ती संविधान निर्माणमा लाग्दा देश विखण्डनमा पर्न सक्ने भन्दै दाहाल–भट्टराई लगायतका नेताहरूलाई थारू– मधेशी नेता तथा सभासद्हरूले भेटेरै दवाव दिन थालेका छन् ।

उनीहरूले थारू मधेशीहरूले नागरिकता त्याग गर्ने भनि दिएको चेतावनी, तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीयतामा अब आफूलाई विश्वास लाग्न छाडेकाले देश नै खोज्नुपर्ने भनि दिएको अभिव्यक्ति र फोरम लोकतान्त्रिक सम्मको संविधानसभा छोड्ने  निर्णयले देशलाई विखण्डनतर्फ धकेल्न खोजेको विश्लेषण दाहाललाई सुनाउँदै असन्तुष्टहरूको माग सम्बोधन गरेर अघि बढ्न दाहाललाई दवाव बढेको समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु