भदौ ३। काठमाडौँ,प्रहरीको इन्काउन्टर’मा घाइते भएको भनिएका गुन्डा नाइके कुमार घैंटेको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
काठमाडौंको सामाखुसीस्थित कपुर धारामा बिहीबार बिहान गुण्डा नाइके घैँटेमाथि प्रहरीले गोली हानेको थियो ।
पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि घैंटेले गोली चलाएपछि गरिएको प्रतिकारमा घाइते भएका घैंटेको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।
‘उनी मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसी सर्वेन्द्र खनालले पुष्टि गरे । ‘गोली लागेपछि उपचारका लागि तत्कालै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएका उनको उपचारकै क्रममा निधन भएको जानकारी अस्पतालबाट आएको छ’ उनले भने ।








