असार ९ ।काठमाडौं,संविधानसभा उप निर्वाचनमा चितवन क्षेत्र नम्बर ४ मा कांग्रेस, कैलाली क्षेत्र नं ६ का कांग्रेस र बर्दिया १ मा एमालेले विजयी भएको छ ।
चितवनमा कांग्रेस उम्मेदवार रामकृष्ण घिमिरे विजयी हुनु भयो । घिमिरेले २० हजार तीनसय १८ मत पाएको निर्वाचन आयोगले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पार्वती रावलले १७ हजार २ सय ७२ मन प्राप्त गर्नु भयो ।
त्यस्तै कैलाली क्षेत्र नम्बर ६ मा भएको उप निर्वाचनमा कांग्रेस उम्मेदवार पुष्करनाथ ओझा विजयी हुनु भएको छ ।
उहाले १४ हजार ७ सय ८४ मत पाउनु भयो । उहाका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ११ हजार ९ सय ५९ मत पाउनु भयो ।
तेस्रो राप्रपा नेपालमा देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजेश भण्डारी चार हजार तीन सय ६७ मत प्राप्त गरी तेस्रो हुनु भएको छ ।
मंसिर ४ मा सम्पन्न संविधान सभा सदस्य निर्वाचनमा राप्रपा नेपाल पाँचौ स्थानमा रहेको थियो ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका लक्ष्मण थारूले तीन हजार पाच सय ८९ मत प्राप्त गरी चौथो स्थानमा रहनु भएको छ ।
गत संविधान सभा सदस्यमा तेस्रो बनेको एकीकृत नेकपा माओवादीले भने पांचौ स्थानमा झरेको छ । एकीकृत नेकपा माओवादीका उम्मेदवार सुन्दरराज रेग्मीले एक हजार सात सय ६६ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी, बर्दिया १ मा एमाले उम्मदेवार श्यामप्रसाद ढकाल विजयी भएको छ । उहाले १६ हजार ६ सय ९६ मत पाए । ढकालका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सोदे विष्टले ११ हजार ३ सय ३५ मत पाउनु भयो ।
काठमाण्र्डौ क्षेत्र नम्बर २ मा भने मतगणना जारी रहेको छ । बिहान सम्मको मतगणनामा कांग्रेसका उम्मेदवार दीपक कुइकेल एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठभन्दा अगाडी रहनुभएको छ ।








