क्यानेबेरामा ‘बोक्सी’को सानदार प्रदर्शन

असनेपालन्युज प्रतिनिधि। क्यानवेरा । अस्ट्रेलियाको राजधानी क्यानवेरामा ‘वोक्सि’ नामको चलचित्र प्रदर्शन गरिएको छ । नेपालको भुकम्प पीडित को सहयोगार्थ यो चलचित्रको प्रदर्शनी भएको हो । प्रदर्शनका लागि संचारकर्मी प्रदीप तिमल्सिनाले यसको विषेश पहल गरे थिए । शुक्रबार ६ः३० बजे आर्क सिनेमा क्यानवेरा सो चलचित्र प्रदर्शन भएको र क्यान्वेराका विभिन्न नेपाली संस्था हरूको सहयोग र समन्वय गरेको तिमल्सिनाले असनेपालन्युजलाई बताए।

boksi2

नेशनल फिल्म एन्ड साउण्ड आर्काइभ मा यसरी नेपाली चलचित्र प्रदर्शन भएको सम्भवत यो नै पहिलो पटक भएको तिमल्सिना बताए । वालमनोविज्ञान , नेपालको परम्परा, जीवन शैली झल्किने सो चलचित्रलाई नाटककार वालकृष्ण सम ले लेखेका हुन् भने गोपालचन्द्र लामिछानेले त्यसलाई निर्देशन् गरेका हुन्।

boksi4

शक्तिबल्लभ घोरासैनिको निर्माण मा तयार भएको सो चलचित्र अष्ट्रेलियन नेपाली फ्रेन्डशिप सोसाईटी , नेपाली समुदाय क्यानवेरा , र क्वीन वेयान रिजनले पीडितको लागी सहयोग गर्न प्रदर्शन भएको । तिमिल्सिनाले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु