साउन १० ।काठमाडौं, मस्यौदा संविधानमाथि जनताबाट आएका सुझावहरू एकीकृत गर्ने जिम्मा प्रमुख दलका मुख्य सचेतहरूलाई दिईने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, एनेकपा माओवादी रफोरम लोकतान्त्रिकको बैठकले जनताका सुझाव समेट्ने जिम्मा मूख्य सचेतकहरुलाई दिने निर्णय गरेको हो ।
![afn'jf6f/l:yt k|wfgdGqL lgjf;df cfOtaf/ a;]sf] k|d'v rf/ bnsf] a}7sdf ;xefuL zLif{ g]tfx? . tl:a/ M cRo't /]UdL, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/07/fourpartiesmeeting-300x175.jpg)
मुख्य सचेतकहरुले सुझावहरु एकीकृत गरेर आजै साँझ बस्ने प्रमुख चार दलको बैठकमा पेश गर्नेछन् । साँझको बैठक जनताका सुझावबारे अन्तिम निष्कर्षमा पुग्ने विषयमा केन्द्रित हुने बुझिएको छ ।








