साउन ५ । हेटौँडा, संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन कार्यक्रम बिथोल्न पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र सभासद गणेश थापा झडपमा परी घाइते भएका छन् ।
मंगलबार मकवानपुरको हेटौंडामा भइरहेको सुझाव संकलन कार्यक्रम बिथोल्न पुगेका उनीहरु झडपमा परी घाइते भएका हुन् ।
राप्रपा नेपालका कार्यकर्ताले हिन्दूराष्ट्र कायम गर्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा थापाद्धय घाइते भएका हुन् ।
यसैगरी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, संघीय समाजवादी फोरमलगायतका दलले मंगलबार हेटौंडामा संविधानको मस्यौदा जलाएर विरोध गरेका छन् ।






