अष्ट्रेलिया, भोली शनिबार हुन लागेको एनआरएनएको निर्वाचनले अष्ट्रेलिया गर्माएको छ । आगामि दुई वर्षका लागि हुन लागेको एनआरएनए अष्ट्रेलियाको निर्वाचनले नेपाली समूदायकाबीचमा उत्साह सञ्चार गरेको हो ।
आगामि नेतृत्वका लागि दर्जनौँ आकांक्षीहरू अष्ट्रेलियाका विभिन्न स्टेटबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । अध्यक्ष पदका लागि भरत पोखरेल र सुरेन्द्र सिग्देलकाबीचमा तिव्र प्रतिष्पर्धा हुने देखिएको छ । यो निर्वाचनमा पाँच हजार भन्दा बढी सदस्यहरू मतदान प्रक्रियामा सहभागि हुने छन् । अष्ट्रेलियामा मात्रै ७० हजार भन्दा बढी नेपाली समूदाय रहेको बताइन्छ ।
निर्वाचन स्थानीय समय अनुसार शनिबार बिहान ८ः०० बजे देखि साँझ ६:०० बजे सम्म हुनेछ । निर्वाचन यसपटक ई–भोटिङ पद्धतिबाट हुने निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको मतदाताहरू निर्वाचनमा भाग लिन तम्तयार रहेको नेशनल इलेक्सन कमिस्नर जोग लिम्बुले असनेपालन्यूजलाई जानकारी दिए । उनका अनुसार निवार्चनका लागि आवश्यक प्राविधिक तयारी पुरा भइसकेको छ ।
ई–भोटिङ भएकाले निर्वाचन सकिएको बढी तीन घण्टामा परिणाम पनि आइसक्ने लिम्बुले जानकारी दिएका छन् । साथै एनआरएनए अष्ट्रेलियाको निर्वाचन सम्बन्धि सम्पूर्ण जानकारी तथा सूचनाहरू असनेपालन्यूजमा पढ्न सकिने छ ।







