असार १७ । कालिकोट,कर्णाली करिडोरको लालीघाटको गेजा भीरमा सडक खन्दै गरेका दुई जना मजदुरको कर्णली नदीमा खसेर मृत्यु भएको छ । सडक खन्दै गर्दा ढुङ्गा पल्टिएर कर्णाली नदीमा खसेर बुधबार उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
कर्णाली करिडोरको सडक खन्ने क्रममा मृत्यु हुनेमा जिल्लाको रकु गाबिस वडा नं. ३ का ४० वर्षीया नौलासिंह तिरुवा र स्युना गाबिस वडा नं. ४ का २४ बर्षीया कमल तिरुवा रहेको प्रहरीले जनाएको छ ।मृत्यु भएका दुबै जनाको शव पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटका राखिएको छ । कर्णाली करिडोर सडक निर्माण गर्ने जिम्मा नेपाली सेनाले लिएको छ । सडक खन्ने क्रममा मृत्यु भएका दुबै जनाका आफन्तहरुले क्षतिपुर्तिको माग गर्दै शव बुझेका छैनन् ।








