कारभित्रै किस गर्दा गर्दै दुर्घटनामा परेकी प्रेमिकाको मृत्यु

Katie Bagwell2असार १ । एजेन्सी,कारभित्रै किस गर्दा गर्दै दुर्घटनामा परेकी प्रेमिका केटी बगवेलको मृत्यु भएको छ । ड्राइभ गरिरहेका उनलाई प्रेमीले किस गर्दा कार दुर्घटना भएको थियो । यस सम्बन्धमा अदालतले प्रेमीलाई दोषी ठहर गर्दै जेल सजाय तोकेको छ।

बगवेलको गत अक्टोबरमा पबबाट फर्किने घर फर्किने क्रममा मृत्यु भएको थियो। १९ वर्षे उनी आफ्ना पूर्व प्रेमीसँग कारमा फर्किंदै थिइन्। कार चलाइरहेका प्रेमीले उनलाई किस गर्न थालेपछि कार अनियन्त्रित भएर नदीमा खसेको थियो। पानीमा डुबेको कारभित्रबाट निस्केर प्रेमी बाँचे। युवती कारबाट बाहिर निस्कन सकिनन्। उनको त्यहीँ मृत्यु भयो।

लापरवाहीसँग गाडी चलाएकोमा अदालतले दोषी ठहर गर्दै २१ वर्षे क्रेग चान्टलाई २१ महिना जेल सजाय सुनाएको छ। उनलाई ४ वर्ष गाडी चलाउन प्रतिबन्ध लगाइएको छ।

सम्बन्धित शिर्षकहरु