संसदीय व्यवस्थामा चरम अस्थिरता र भ्रष्टाचार हुने भएकोले यसको विरोध गर्छौ :उपाध्यक्ष नारायणकाजी

जेठ २६ ।काठमाडौं,एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसदीय व्यवस्थामा चरम अस्थिरता एवं भ्रष्ट हुने भएकोले यसको विकल्पमा जानु पर्ने बताउनु भएको छ । गएराती मात्र प्रमुखदलहरुबीच भएको १६ बुँदे सहमति प्रति असन्तुष्ट उपाध्यक्ष श्रेष्ठले संसदीय व्यवस्थाको विकल्प नखोजिएसम्म मुलकमा स्थिरतता र विकास सम्भव नहुने दावी गर्नु भयो ।

१६ बूँदे सहमतिपत्रमा एमाओवादीले संसदीय व्यवस्थाप्रति लिखित नोट अफ डिसेन्ट जनाएको अवस्थामा संसदीय व्यवस्था उचित छैन भनेर विगतदेखि आफुहरुले यसको विरोध गर्दै आएको उहाले बताउनु भयो ।
आफ्नो घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीलाई स्वीकार गरेको एमालेले समेत एजेन्डा छाडेर विसंगतिपूर्ण संसदीय व्यवस्थामा सहमति जनाएको उहाको भनाई रहेको छ । मधेसवादी दलहरुले पनि संसदीय व्यवस्थालाई नै समर्थन गरेको श्रेष्ठले गुनासो गरेको भन्दै उहाले यो व्यवस्थाको कारण मुलुकमा अस्थिरता र अराजकता बढ्ने दावी गर्नु भयो । यसको विकल्पमा प्रत्यक्ष राष्ट्रपतीय प्रणाली अवलम्बन गरिनुपर्ने भन्दै उहाले संसदीय व्यवस्थामा विदेशीसमेत चलखेल बढ्ने बताउनु भयो । संविधान बनिसकेपछि पनि प्रत्यक्ष निर्वाचित राष्ट्रिपतीय प्रणाली लागू गरिनुपर्ने र शासकीय स्वरुप फेर्नु पर्ने मागसहित आफु अब जनतासँगै आन्दोलनमा जाने उहाले बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु