जेठ, १७ काठमाडौँ , काठमाडौँमा शनिबारराति फेरि भूकम्पको ठूलो धक्का महसुस भएको छ । ठूलो धक्का महसुस भएपछि सर्वसाधारण रुवावासी गर्दै घरबाट बाहिरिएका छन् । राति करिव सवा दश बजे भूकम्पको धक्का महसुस भएको हो । नुवाकोट केन्द्रविन्दु भएपनि ठूलो धक्का महसुस भएपछि राजधानीबासी खुल्ला स्थानतिर लागेका छन । तर निकै छोटो अवधि मात्र धक्का महसुस भएको थियो ।
२०७२ साल जेठ १६ गते राति १० बजेर १३ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प नुवाकोट केन्द्रविन्दु बनाएर गएको छ ।








