जेठ ७ । इलामको श्रीअन्तु गाविस ४ तपसका घले दाजुभाइले बुबा नारायणबहादुर घले र आमा चन्द्रमायाको स्मृतिमा पक्की पुल निर्माण गरिदिएका छन् । उनीहरुले आमाबाबुको सम्झनामा रु ७० लाखको लागतमा श्रीअन्तु र सूर्याेदय नगरपालिका-५ बीचमा पर्ने सिद्धिखोलामा पुल निर्माण गरेका हुन् ।
पुल निर्माणपछि समालबुङ, श्रीअन्तुलगायतका गाविसका बासिन्दालाई व्यापारिक केन्द्र फिक्कल, जिल्ला सदरमुकामसम्म आवतजावत गर्ने बासिन्दाहरुले फाईदा उठाउन पाएका छन ।
त्रिपन्न फिट लम्बाइ र ९.५ फिट चौडाइको पक्की पुल निर्माण गरिएको सुवास घलेले जानकारी दिनुभयो ।
पुलको इलामका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बुधबार एक समारोहबीच उद्घाटन गर्दै समाज सेवामा घले दाजुभाइले देखाउनुभएको योगदानको चर्चा गर्नुभयो ।गत मङ्सिर ७ गतेदेखि निर्माण सुरु गरिएको पुल चैत १८ गते सम्पन्न भएको थियो ।








