अस्ट्रेलियाको पहिलो नेपाली तिर्थ स्थल’ पशुपति बौद्ध तपोधाम’ मा डब्बो नेपाली समुदायको तिर्थ यात्रा

अस्ट्रेलियामा पहिलो नेपाली तिर्थ स्थल Pashupati Bauddha Tapodham मा डब्बो नेपाली समुदायको तिर्थ यात्रा

Ausnepalnews , Dubbo

अस्ट्रेलियामा अवस्थित एकमात्र नेपाली आध्यात्मिक तिर्थ स्थल Pashupati Bauddha Tapodham & Wishwo Shanti Ashram (Lyndhurst, NSW) मा विभिन्न राज्य र शहरहरूबाट नेपालीहरू अध्ययन, दर्शन, साधना तथा प्राकृतिक उपचारका लागि आउने क्रम तीव्र रूपमा बढ्दो छ। नेपालका पवित्र स्थलहरूको सार—पशुपतिनाथ दर्शन, बौद्ध ध्यान, योग–आयुर्वेद अभ्यास, गौ–सेवा र आध्यात्मिक चेतनाको संयोजन , यहाँ एउटै ठाउँमा अनुभव गर्न सकिन्छ, जसले गर्दा धेरैले यसलाई “Nepali Tirtha Dham in Australia” भनेर पहिचान गर्न थालेका छन्।

यसै क्रममा Dubbo Nepali Community Australia ले समुदायका ज्येष्ठ नागरिक, आमा–बुबा तथा इच्छुक साधकहरूका लागि २२ नोभेम्बर २०२५ (शनिबार) मा धार्मिक तिर्थ यात्रा आयोजना गरेको छ। NSW राज्यका महिला संयोजक तथा Tapodham सद्भावना दूत सीमा आचार्य गौतम का अनुसार, उक्त यात्रामा सहभागीहरूले योग, ध्यान, आयुर्वेदिक मार्गदर्शन, उपचार अभ्यास, भजन–कीर्तन तथा गुरु योगी आचार्य राजन शर्मा ज्यूको आध्यात्मिक प्रवचन प्राप्त गर्नेछन्।  यो यात्रामा साधना, भोजन, दर्शन तथा Tapodham क्षेत्र अवलोकन समावेश हुनेछ। यात्रा Budget Car Rental Agency, Darling Street, Dubbo NSW 2830 बाट बिहान ७:४५ बजे प्रस्थान गर्नेछ, र सिटहरू पहिले आउनेलाई पहिलो सेवा को आधारमा उपलब्ध हुनेछन्। सिट बुकिङका लागि सम्पर्क: 0426 771 871 / 0412 043 933 / 0450 737 551। Dubbo Nepali Community Australia

“हाम्रो संस्कृति, धर्म र समुदायको एकताको लागि — हाम्रो तिर्थ यात्रा।”

May be an image of temple and text that says 'โช PASHUPATI BAUDHA POMA SHANTI ASHRAM SPIRITUAL RETREAT TRANSFORMATION'

सम्बन्धित शिर्षकहरु