एजेन्सी । नासाले विभिन्न माध्यमबाट आवाज संकलन गरेर ब्ल्याक होलमा सुनिने जस्तो आवाज तयार पारी सार्वजनिक गरेको छ ।
विशेषगरी यो अन्तरिक्ष एजेन्सीले पृथ्वीभन्दा २० करोड प्रकाश वर्ष टाढा रहेको विशाल र रहस्यमय ब्ल्याक होलको ध्वनि तरङ्ग (साउण्ड वेभ) बाट एउटा धुन बनाएको छ ।
यो ब्ल्याक होल, पर्सियस ग्ल्यालेक्सी क्लस्टर भनेर चिनिने भागमा फेला परेको हो, जो एक करोड १० लाख प्रकाश वर्ष चौडा रहेको मध्य भागमा फेला परेको आकाशगंगाको बन्डलमा रहेको छ ।
हामीले कल्पना गर्नसमेत नसक्ने ब्ल्याक होलको आवाज विशेषगरी स्पेस क्लाउडले गर्दा सुन्न सम्भव भएको हो ।
ब्ल्याक होलको यो आवाज तपाईं हामीले कल्पना गरेजस्तै छ । यो आवाज एकदमै डरलाग्दो र रहस्यमयी सुनिन्छ ।
तर, अन्तरिक्षका धेरै ठाउँमा ग्यासहरू छन्, जसका कारण ध्वनि तरंगहरू यात्रा गर्न सक्छन्। नासाले हालै पर्सियस ग्यालेक्सी क्लस्टरको केन्द्रमा ठूलो ब्ल्याक होलको आवाज पत्ता लगाएको छ। नासाले अहिले यो ब्ल्याक होलको आवाज सार्वजनिक गरेको छ । ग्यास र प्लाज्मा मार्फत प्रसारित वास्तविक ध्वनि तरंगहरू २५० मिलियन प्रकाश वर्ष टाढा यस क्लस्टरमा पत्ता लगाइएको हो।
नासाले ट्विटमा लेखेको छ, ‘अन्तरिक्षमा कुनै आवाज छैन भन्ने धारणा गलत छ, किनभने आकाशगंगा खाली छ, ध्वनि तरंगहरूलाई यात्रा गर्न कुनै बाटो छैन।
ग्यालेक्सी क्लस्टरमा यति धेरै ग्यास छ कि हामीले वास्तविक आवाज कैद गरेका छौं। यहाँ प्रवर्धित र अन्य डेटा संग मिश्रित ब्ल्याक होल को आवाज छ।
यो आवाज एक कम्पन हो, जुन सुन्न धेरै डरलाग्दो छ। यद्यपि कतिपयले यसमा ओमको आवाज सुनिरहेका छन् ।
The misconception that there is no sound in space originates because most space is a ~vacuum, providing no way for sound waves to travel. A galaxy cluster has so much gas that we've picked up actual sound. Here it's amplified, and mixed with other data, to hear a black hole! pic.twitter.com/RobcZs7F9e
— NASA Exoplanets (@NASAExoplanets) August 21, 2022








