काठमाडौँ महानगरमा १ लाख २८ हजार ४८५ गनियो : कसले कति मत पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले एमालेका केशव स्थापितलाई पछि पारेकी छन्। काठमाडौँको हालसम्म १ लाख २८ हजार ४ सय ८५ मत गनिएको छ ।

स्वतन्त्र तर्फका उम्मेदवार साहले ४३ हजार ८ सय ५० मत ल्याएका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित २५ हजार ५९ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ९ सय ४४ ल्याएकी छन् ।

सम्बन्धित शिर्षकहरु