स्थानीय तहमा ३५ हजार, २२१ जना उमेदवारका लागि ८२ हजार २ सय १० जनाको उम्मेदवारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सोमबार उमेदवारी दर्ताको समय सकिएको छ । आइतबार र सोमबार गरि दुई दिन उमेदवारी दर्ताको समय तोकिएको थियो ।

निर्वाचन आयोगले अपडेट गरेको पछिल्लो विवरण अनुसार स्थानीय तहमा देशभर ८२ हजारभन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार सोमबार राति ९ बजेसम्म ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन्।

जस मध्ये नगर प्रमुखमा २ हजार ३ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्षमा २ हजार ४ सय ४७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।

आयोगका अनुसार वडा अध्यक्षमा २० हजार १ सय ७६ जना, महिला सदस्यमा १३ हजार ५ सय ५४, दलित महिला सदस्यमा १२ हजार १ सय ८१ र सदस्यमा २८ हजार २ सय ८८ जनाको उम्मेदवारी परेको छ।

प्रदेश १ मा ३३३ जना, मधेश प्रदेशमा ८३५ जना, बागमतीमा ४१६ जना, गण्डकीमा १५७ जना, लुम्बिनीमा २९९, कर्णाली १३५ र सुदूरपश्चिममा १६८ जना पालिका प्रमुखको उम्मेदवारी दर्ता भएको छ।

यस्तै प्रदेश १ मा २२७, मधेस प्रदेशमा ४२२, बागमतीमा २४४, गण्डकीमा ९२, लुम्बिनीमा २१८, कर्णालीमा ११५ र सुदूरपश्चिममा १२५ जनाले पालिका उपप्रमुखमा दाबी गर्दै उम्मेदवारी दिएका छन्।

प्रदेश १ मा ४३१ जना, मधेश प्रदेशमा ६०८ जना, बागमतीमा २४४ जना, गण्डकीमा ९२ जना, लुम्बिनीमा ४३६, कर्णाली २१७ र सुदूरपश्चिममा १२५ जना पालिका अध्यक्षको उम्मेदवारी दर्ता भएको छ।

यस्तै प्रदेश १ मा ३४६, मधेस प्रदेशमा ३१६, बागमतीमा २७३, गण्डकीमा १५६, लुम्बिनीमा ३१९, कर्णालीमा १८७ र सुदूरपश्चिममा १२७ जनाले पालिका उपाध्यक्षमा उम्मेदवारी दिएको आयोगले जनाएको छ।

सात वटै प्रदेशका ७५३ स्थानीय तहका प्रमुख्अध्यक्ष, उपप्रमुख्उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी कुल ३५ हजार, २२१ जना पदाधिकारी चयन हुनेछन् ।

आयोगका अनुसार देशभरको उम्मेदवारी अद्यावधिक गर्ने क्रम अबेर रातीसम्म चल्नेछ । सोहीकारण उमेदवार संख्या अझ बढ्न सक्नेछ । छवटा महानगर, ११ वटा उपमहानगर र २७६ वटा नगर गरी २९३ वटा नगरपालिका छन्।

सम्बन्धित शिर्षकहरु