त्रि.वि.सेवा आयोगले स्थगित गर्‍यो उपप्राध्यापक पदको परीक्षा…

सर्वोच्चको आदेशपछि त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ। सेवा आयोगले परिक्षाको मिति नजिकै आउन लाग्दा एक्कासि उपप्राध्यापक पदको परिक्षा स्थगित गरिएको जानकारी गराएको छ। यसरि एक्कासि परिक्षा स्थगित गरेको जानकारी आउदा परिक्षाको तयारीमा रहेका  निकै मर्कामा परेका छन। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गर्दा देशभरबाट परिक्षाको तयारीमा रहेका परिक्षार्थीहरुमा अन्यौलता छाएको छ।

एक्कासि त्रिवि आयोगले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । ‘सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरेको छ।सर्वोच्च अदालतबाट विज्ञापन नम्बर ७०१-२०७७-७८ देखि ८२८-०७७-७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णय बमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको छ’, सूचनामा भनिएको छ। यहि चैत ८ गतेदेखि आयोगको उपप्रध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने तयारी थियो। सेवा आयोगले सोहि सूचना मार्फत सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने जनाएको छ। हाललाई सर्वोच्च अदालतको आदेश अनुसार त्रिवि सेवा आयोगले उपप्राध्यापक पदको परिक्षा स्थगित गरिएको जानकारी गराएको छ। [Ausnepalnews:Kathmandu]

सम्बन्धित शिर्षकहरु