सिड्नी । सिड्नीमा नेपाली युवकमामाथि चक्कु प्रहार भएको छ। कार्य स्थलमै ३४ वर्षिय गुरुङ थरका युवकलाई गत बुधबार बिहान सिड्नीको भिलावुडस्थित अल्दी स्टोरमा हमला भएको हो।
पेटमा ६ पटकसम्म छुरा प्रहार गरिएको उनका साथीले जनाए । साथै पाखुरामा र अनुहारमा पनि गम्भीर चोट लागेको छ। यत्तिबेला लिभरपुल अस्पतालमा उपचार भइरहेको छ।
अस्पताल पुगेका साथीले घाइतेलाई अप्रेसनपछि बार्डमा सारिएको र अवस्था सुधारोन्मुख रहेको जानकारी दिए ।
प्रहरीले आफ्नो शंकाको घेरामा राख्दै ३३ वर्षिय पुरुषलाई नजिकैबाट नियन्त्रणमा लिएर सोधपुछ समेत गरिहेको छ। तर, घटना किन भयो भन्ने बारे कारण खुल्न सकेको छैन ।








