अष्ट्रेलिया । । कोरोना महामारीका कारण बन्द गरिएको अष्ट्रेलियाको सिमाना यो वर्षदेखि सबैको लागि भएको छ । अष्ट्रेलियाले आफ्ना सबै जनसंख्यालाई महामारीविरुद्धको खोप दिइसकेकोले फेब्रुअरी २१ तारिखदेखि सिमाना खोल्ने संकेत गरेको हो ।
प्रधानमन्त्री अध्यक्ष रहने संघिय सरकारको सुरक्षा समितिले आगामी फेब्रुअरी २१ तारिखदेखि सबै भिषावहाकका लागि सिमाना खुल्ला गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री स्कट मोरिसनले पत्रकारहरुसंग कुरा गर्दै मान्यता प्राप्त खोपको पुर्णमात्रा लगाएका सबै भिषावहाकलाई आउन दिने निर्णय भएको जानकारी गराएका हुन् । खोप नलगाएका यात्रुले भने आउनु अघि पूर्व अनुमति लिनुपर्दछ ।
सरकारको यो निर्णयलाई पर्यटनसँग सम्बन्धित संघसंस्थाले स्वागत गरेका छन् । अष्ट्रेलियामा विगत दुई वर्षभन्दा बढीदेखि अन्तर्राष्ट्रिय यात्री आउन पाएका थिएनन् । यस्तै यहाँ रहेका विद्यार्थीहरु पनि आफ्नो घर जान पाएका थिएनन् ।
गृहमन्त्री करेन एन्ड्रयूजले खोप नलगाएका व्यक्तिहरुले स्वास्थ्यका कारण खोप लगाउन नमिल्ने प्रमाण पेश गरेर भ्रमणका लागि पूर्वस्वीकृति लिनुपर्ने जानकारी दिएकी छिन् । प्रधानमन्त्री स्कट मोरिसनले भिसा भएपनि खोप नलगाएको अवस्थामा जो कोहीलाई फिर्ता पठाइने आफ्नो सरकारको यसअघिको नीति नै क्रियाशील रहने समेत स्पष्ट पारे ।








