काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले नेता डा. भीम रावलको पिएचडी ‘नक्कली त होइन’ भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफू प्रधानमन्त्री भएका बेला एमसिसी सम्झौता भएको भनेर रावलले टिप्पणी गरेपछि बाबुरामले उनको पिएचडीमाथि आशंका गरेका हुन् ।
बाबुरामले रावलले झुट बोलेको भन्दै उनलाई ‘नक्कली पिएचडी’को संज्ञा पनि दिएका छन् । ‘यी कण भीम रावलले पिएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ’, बाबुरामले ट्विटरमा लेखेका छन्, ‘उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पिएचडी हुन् ?’








