अष्ट्रेलिया । प्रवासी नेपाली युवा मञ्च तास्मानिया राज्य समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्चले अष्ट्रेलियन रेडक्रसको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको अध्यक्ष मुगेन गौतमले जानकारी दिए ।
गौतमले मञ्चले युवाहरुका विचमा रक्तदान जस्तो पुन्यको कार्यमा सहभागी हुन उत्प्रेरित गर्दै चाडै नै तास्मानियाको लान्सेस्टनमा पनि रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी भैरहेको बताए ।
नेपाली समुदाय केन्द्रित कार्यक्रम गरे पनि रक्तदान कार्यक्रमले यहा रहेका गैर्ह नेपाली समुदायमा पनि नेपाली सहयोगी र सेवाको भावनाका छन् भन्ने सन्देश दिन सफल हुने बताए ।
कार्यक्रमका संयोजक तथा युवा सामाजिक अगुवा केराज खनालले ८ जनाले रक्तदान र १ जनाले प्लाजमादान गरेको बताए ।
यसै गरि मञ्चले साउथ तास्मानियाको होबार्टमा नयाँ वर्ष र अन्तराष्ट्रिय नेपाली टोपी दिवसको सन्दर्भमा बार्बिक्यू सम्पन्न गरेको छ ।
कार्यक्रममा मञ्चका तास्मानिया राज्य समिति अध्यक्ष मुगेन गौतमको अध्यक्षतामा प्रवासी नेपाली मञ्चका राष्ट्रिय कमिटी सदस्य तथा युवा मञ्चका सह ईन्चार्ज विशाल राना मगरको विशेष उपस्थितिमा भएको कार्यक्रममा तास्मानियाका अगुवा युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमका संयोजकद्वय रविन अर्याल र पुष्प राज आचार्यले कार्यक्रममा उपस्थित हुनुभएका सहभागीहरुलाई विशेष आभार र धन्यवाद व्यक्त गरेका थिए ।








