मुस्कानलाई तीन लाख आर्थिक साहयता दिने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बुधबार बसेको बैठकले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

एक किशोरका प्रेम प्रस्ताव अस्वीकार गरेपछप दुई वर्षअघि मुस्कान तेजाब हमलाको सिकार भएकी थिइन्। अनुहार र शरीरमा चोट लागेकी उनले आफू पीडित भएयता एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने विषयमा आवाज उठाउँदै आएकी छन्। हालसालै मुस्कानले अमेरिकाको प्रतिष्ठित पुरस्कार पाएकी थिइन्।

सम्बन्धित शिर्षकहरु