विरामी बनेर दिल्ली पुगेका कांग्रेस बरिष्ठ नेता पौडेल भारतीय नेतासँग राजनीतिक भेटघाटमा

काठमाडौं । उपचारका लागि भारत भ्रमणमा गएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अस्पतालभन्दा पहिले राजधानी भेटघाट शूरु गरेका छन् । बुधवार नयाँ दिल्लीमा बरिष्ठ नेता पौडेलले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्।

रक्तचापमा उतारचडाप देखिएपछि पौडेल उपचारका लागि भारत गएका थिए । अस्पतालमा पुगेको भोलीपल्ट उनले भारतीय नेताहरुसँग भेटवार्ता गरेका छन् । पहिलो भेटघाट राजनाथ सिंहसँग गरेका पौडेलले दोस्रो भेटघाट भारतीय विदेशमन्त्री एस जयशंकरसँग गर्ने भएका छन् । उनले भारतीय कांग्रेकी अध्यक्ष सोनिया गान्धीसँग पनि भेट्ने कार्यक्रम तय भएको उनीको नीजि सचिवालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेटघाट हुन्छ या हुँदैन त्यो भने अहिले नै तय भइसकेको छैन । मोदीलाई भेट्ने इच्छा पौडेलले देखाएपनि मोदीले समय दिएका छैनन् । राजनाथ सिंहसँगको भेटमा नेपाल– भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले जनाएका छन् । तर के राजनीतिक छलफल भयो त्यो भने उनले खुलाएका छैनन् ।

सम्बन्धित शिर्षकहरु