साउथ अष्ट्रेलियामा नयाँ प्रतिबन्धहरू लागू, के गर्न पाइन्छ, के पाइदैन् ?

एडिलेड । साउथ अष्ट्रेलिया सरकारले बढ्दो कोरोनाको संक्रमण संगै आइतवार मध्यरातिबाट घरमा भेला हुनेको संख्या ३० बाट पुन १० जनामा झारेको छ ।

साउथ अष्ट्रेलियाका प्रिमियर स्टेभन मार्सलले आइतवार आयोजित पत्रकार सम्मेलनमा सो नयाँ प्रतिवन्धका प्राबधानको घोषणा गरेका थिए ।

सरकारले जिम र आतिथ्य सत्कारका क्षेत्रहरुमा कोरोनाको संक्रमण बढेको जानकारी दिदै आइतवार मध्ये रातिबाटै रेष्टुरेन्टहरुले प्रति व्यक्ति भित्र ४ वर्ग मिटर र बाहिर २ वर्ग मिटर हुनु पर्ने बनाएको छ । त्यसै गरि जिमहरुलाई प्रति व्यक्ति ७ वर्ग मिटर तोकेको छ ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आइतवार मात्र ७७४ नया संक्रमितहरु देखिएका थिए । भने हाल १७ जना अस्पतालमा भर्ना भएका छन् भने जसमा ३ जना सघन उपचार कक्षमा उपचाररत छन् । प्रिमियर मार्सलले साउथ अष्ट्रेलियावासीलाई सामाजिक दुरी कायम गर्दै सरकारले तोकेका प्राबधानहरु कडाइको साथ पालना गर्न अनुरोध गर्नुभएको छ ।

सम्बन्धित शिर्षकहरु