काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमका आयोजना गर्दै थापाले १५, १६ र १७ मंसिरमा हुने महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै थापाले आगामी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा अघि बढाइएको भन्दै पार्टी भित्र देखिएका फरक विचारलाईसमेत आफूले सम्मान गर्ने र राप्रपालाई एक ढिक्का बनाउने अभियानबाट अलग नहुने बताए ।
राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा नै नेता राजेन्द्र लिङ्देनले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले केही दिनअघि जमलमा आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गरेका थिए ।








