अस्ट्रेलिया/असनेपाल न्युज । अस्ट्रेलियाको पश्चिमी सिड्नी स्थित ब्लकटाउन शहरमा कोभिडको निषेधाज्ञालाई अवज्ञा गर्दै चर्चमा भेला भएका मानिसहरुलाई प्रहरीले ३५ हजार डलर जरिवाना गरेको छ ।
चर्चका पादरीले लकडाउन खुला भैसक्यो भन्ने गलत सूचना दिएर मानिस भ्रममा पर्दै बारम्बार भेला गरि प्राथना गराउँदै गरेको अवस्थामा प्रहरीले रंगेहात फेला पारेर जारिवान स्वरुप सजाय गराएको सिड्नीका विभिन्न टेलिभिजन समाचारहरुले जनाएका छन् ।
पाष्टरले मानिसहरुलाई लकडाउन सकियो आउ भनेर बारम्बार भेला गराएपछि सरकारले सूचना पाउनासाथ चर्चमा पुगेर उनिहरुलाई ३५ हजार डलर जारिवाना तिराएको हो ।
भेला भएको ६० जना मध्ये जरिवाना तिराउँदा पादरीलाई ५ हजार अर्थात नेपाली झण्डै ५ लाख रुपैयाँ र अन्यलाई १/१ हजारको दरले जरिवाना ताकेको छ ।
पादरीले भने यसरी आफुले भेला गराएको स्वीकार गरेका छन् । स्थानिय बासिन्दाले बारम्बर चेतावनी दिँदा पनि नरोकिएपछि प्रहरीले पक्राउ गर्दै जरिवाना तिराएको हो ।
क्राइस एम्बेसी सिड्नी पेजबुक पेजबाट पनि उनिहरुले चर्चमा भेला भएको र प्राथना गरेको भिडियो बारम्बार लाइभ गर्दै आएका थिए । धर्मको नाममा मानिसहरु भुलाएर कोरोना फैलाएको भन्दै प्रहरीले यसो नगर्न आग्रह गरेको छ ।








