सिन्धुपाल्चोक । शनिबार राती आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ ।
राती साढे १२ बजे आएको भीषण बाढीले रेडियो मेलम्ची र तालामाराङ प्रहरी चौकीको भान्छा घरको भवन पनि बगाएको प्रहरीले जनाएको छ ।
मध्यराती आएको बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।








