सिन्धुपाल्चोक पुगेर प्रधानमन्त्रीको आश्वासन-‘पीडितलाई अस्थायी आवासको लागि ५० हजार दिन्छौं’

सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्ची बाढी पीडितलाई अस्थायी आवासको लागि ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन्।

यस वर्ष बाढी, पहिरो र डुवानका कारण सिन्धुपाल्चोकका ३२६ परिवार प्रभावित भएको थियो ।

पहिरोस्थलको निरीक्षण गर्दै तत्काल अस्थायी आवासका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

प्रधानमन्त्रीसँगै सिन्धुपाल्चोक गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङका अनुसार उक्त रकम सम्बन्धित गाउँपालिका र नगरपालिकामार्फत वितरण हुनेछ ।

बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक प्रधानमन्त्री ओली पुगेका थिए। यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुलगायत विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो।

सम्बन्धित शिर्षकहरु