मठ मन्दिर मर्मत सम्भार एवं रङ्रोगनमा तारकेश्वरको अग्रसरता

काठमाडौँ । तारकेश्वर नगरपालिकाले नगर क्षेत्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मठ, मन्दिरमा मर्मत, सम्भार एवं रङ्रोगन गर्न थालेको छ ।
नगरपालिकाको वडा नं–४ को प्राचीन वाणेश्वर मन्दिर एवं सामुदायिक भवनको मर्मत सम्भार गरिएको वडा अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विसं १८७२ मा सरदार बाक्सिङसिंह रायले स्थापना गर्नुभएको हो । वाणेश्वरसँगै यस क्षेत्रका पुरानो गुह्येश्वरी, धर्मस्थलीको महादेव मन्दिर, गणेश मन्दिरलगायत पनि मर्मत सम्भार गरिएको छ ।
नगरपालिकाले रु पाँच लाख लागतमा मन्दिर क्षेत्र मर्मत सम्भार गरेको नागेश्वर तथा वाणेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले जानकारी दिनुभयो । मन्दिरमा साउन महिनामा लाखौँ भक्तजन आउने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर क्षेत्रको मर्मत सम्भार गरिएको जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु