बाबुरामको प्रस्ताव- एक बर्षभित्र चुनाव गर्नेगरी राष्ट्रिय सरकार बनाऔँ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एक बर्षभित्र चुनाव गर्नेगरी राष्ट्रिय सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले संबिधानको धारा ७६ को उपधारा २ अनुसार सबै दलको सहभागितामा वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकोको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् ।

राष्ट्रपतिले विहिबार रति ९ बजेसम्मको समय दिएर धारा ७६ को २ अनुसार सरकार गठन गर्न आव्हान गरेको समय अब एक दिन मात्र बाँकी हुदा डा. भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।

जसपाको यादव-भट्टराई पक्ष काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने कसरतमा भएपनि जसपाकै महन्थ ठाकुर पक्षले समर्थन नगरे पछि यो प्रयास अझै सफल हुन सकिरहेको छैन ।

डा.भट्टराईले भनेका छन्-

देशको संकट हल गर्न यसो गरौं: १. धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २) दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति, ३) साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत लागू ४) एक बर्षभित्र चुनाव !

सम्बन्धित शिर्षकहरु