काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर २८ जना संक्रमितको मृत्यु भएको हो ।
यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ ।








