काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका तीन जनामा नयाँ किसिमको (न्यु भेरिएन्ट) कोरोना संक्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय स्रोतको अनुसार केहीदिन अघिमात्र नेपाल आएका तीन जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनहरुमा नयाँ प्रकारको कोरोना देखिएको हो । त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक-एक जनामा संक्रमण पुष्टि भएको बताइएको छ।
नाकाबाट भित्रिएका २० जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन जनामा नयाँ भेरियन्टको कोरोना देखिएको बताइएको छ।








