पिएसजीलाई अर्को झट्का, नेयमार च्याम्पियन्स लिगमा रियल विरुद्ध नखेल्ने

एजेन्सी । मार्सेलेविरुद्ध भएको खेलमा घाइते भएका नेयमार च्याम्पियन्स लिगमा रियल विरुद्ध नखेल्ने भएका छन् । खेलको ७७ औ मिनेटमा घाइते भएपछि उनीलाई स्टेचरमा बोकेर उपचारका लागि लगिएको थियो ।

मंगलबार चिकित्सकहरुले एक रिपोर्ट जारी गर्दै उनको कुर्कच्चोमा समस्या भएको र यस्तो अवस्थामा खेल्न नसक्ने बताएका छन् । पिएसजीले नेयमार कहिले फर्कछन् यसबारे भने जानकारी गराएको छैन । तर, चोटको प्रकृति हेर्दा उनी एक महिनाका लागि आराम गर्नुपर्ने बताइएको छ ।

च्याम्पिन्स लिगमा ३-१ गोलले पछि परेको पिएसजी अब रियलविरुद्ध कसरी उत्रिन्छ सबैको चासोको विषय बनेको छ । घरेलु मैदानमा हुने खेलमा रियललाई कडा चुनौती दिने पिएसजकिा प्रशिक्षक इमरीले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु