महोत्तरीमा घाँस काट्न गएका ७ बालिका र युवती सम्पर्कविहीन

काठमाडौं । महोत्तरीको भंगहा– ८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती सम्पर्कविहीन भएका छन्।

स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान र १० वर्षीया सीमा पासवान बेपत्ता भएको स्थानीयले बताएका छन्।

उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किदा खोजबिन सुरु गरेको भंगहा नगरपालिकाका मेयर संजिव साहले बताए।

साँझ ढिलासम्म घर नफर्किएपछि स्थानीय त्रसित भएका हुन्।

सम्बन्धित शिर्षकहरु