दुर्गाप्रसादले पाए नेपाली नागरिकता

काठमाडौं । जीवनको आधा उमेर जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् ।

उनले आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् ।

उनलाई जिल्लका सहायक सिडिओ धरेन्द्र चापागाइ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो। दुर्गाप्रसाद भारतमा ४० वर्ष जेल जीवन बितेर केहीदिन अघि मात्र नेपाल फर्किएका हुन्।

सम्बन्धित शिर्षकहरु