केपी ओली र माधव नेपाल समूहबीच धुम्बाराहीमा वार्ता

काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालयमा छलफल शुरु भएको छ।

सर्वोच्च अदालतले माओवादी केन्द्रसँगको एकता अमान्य घोषणा गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएपछि दुई नेताहरु एमाले मुख्यालय धुम्बाराही पुगेका हुन्। एमालेमा विवाद चर्किएको बेला ओली रनेपाल दोस्रो तहका नेताहरुलाई साथमा लिएर छलफलमा जुटेका छन् ।

भेटवार्तामा ओलीको तर्फबाट सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगाएतका नेता सहभागी छन्। नेपालका तर्फबाट रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट लगाएका नेताहरु भेटमा सहभागी छन्।

सम्बन्धित शिर्षकहरु