अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले नयाँ अध्यागमन कानुन लागु गरेको छ । जसको अनुसार अष्ट्रेलियामा स्थायी बसोबासको लागि प्रदान गर्दै आएको भिसामा पार्टनरले पनि अनिवार्य रुपमा अंग्रेजी भाषा परिक्षणमा उतिर्ण हुनुपर्नेछ ।
निकै आलोचना भएको उक्त कानुन संसदबाट पास भए सन् २०२१ को मध्य देखि लागुहुनेछ ।
यस कानुनको अनुसार स्थायी भिसाको लागि आवेदन गर्दा आफ्नो पार्टनरले पनि अंग्रेजी प्रवीणताको स्तर पास गरेको हुनुपर्नेछ ।
विश्लेषकहरुले यस कानुनले अन्याय गर्ने तथा समाजमा अस्थिरता ल्याउने बताएका छन् ।
अष्ट्रेलियका अध्यागमन मन्त्री एलन टुज भन्छन्, “ यदि कुनै आप्रवासी व्यक्तिले स्थायी भिसाको लागि आवेदन दिनुपर्यो भने, स्पन्सर लगायत संगै आवेदन दिने पार्टनरको पनि अंग्रेजी भाषाको न्युनतम स्तर पास गरेको हुनुपर्नेछ ।”
पछिल्लो केही वर्षमा अष्ट्रेलिया सरकारले आप्रवासीहरुलाई अंग्रेजी परिक्षाको विषयमा लिएर निकै कडाइ गर्दै आएको छ ।
अष्ट्रेलियामा अहिले रोजगार तथा शिक्षाको क्षेत्रमा अंग्रेजी प्रविणता अनिवार्य छ र अष्ट्रेलियन नागरिकताको निवेदनमा पनि अंग्रेजी भाषा परिक्षा अनिवार्य छ ।
अष्ट्रेलियामा पाँच मध्ये एक भाग जनसंख्याले आफ्नो घरमा अंग्रेजी भाषा प्रयोग गर्दैनन् ।
सिड्नी र मेलबर्न जस्तो विशाल शहरहरुमा ३५ प्रतिशत जनसंख्याले अन्य भाषाको प्रयोग गर्दछन् ।
सरकारले किन यस्तो नियम लागु गर्यो?
टुज भन्छन्, “ अष्ट्रेलियामा करिब एक मिलियन नागरिक अंग्रेजी बोल्न सक्दैनन् र गरिबीमा जीवन बिताइरहेका छन्, जसको कारण उनीहरुलाई कार्यलय तथा सामाजिक जीवनयापनमा समस्या बढ्दै गएको छ ।”
यस कानुनले समस्यामा रहेका र आफ्नो पार्टनरले नियन्त्रण गरी दु:ख दिएका आप्रवासीहरुलाई राहत मिल्नेछ ।
कतिपय घटनाहरुमा श्रीमानले आफ्नो पार्टनर वा श्रीमतीलाई नियन्त्रणमा राख्न अंग्रेजी सिक्न आनुमति नदिने तथा भाषाको परिक्षा दिन रोक लगाउने गर्दछन् ।
उनी भन्छन्, “ यस कानुन अन्तर्गत, भाषाको परिक्षा दिनुपर्ने अवस्थामा करिब पाँच सय घण्टाको अंग्रेजी भाषा कक्षामा सहभागी हुनुपर्ने छ र उक्त कक्षा सरकारको तर्फबाट निशुल्क रुपमा उपलब्ध हुनेछ ।”
प्रधानमन्त्री स्कट मरिसनको अनुसार, “ अष्ट्रेलियामा रहेका आप्रवासीहरुको पार्टनरले अस्थायी भिसा पाउने छन् तर स्थायी भिसा पाउनको लागि अष्ट्रेलियाको मातृभाषा अनिवार्य रुपमा सिक्नुपर्दछ ।”
यसको प्रतिक्रिया कस्तो रहेको छ?
विश्लेषकहरु यसलाई भेदभावपूर्ण रहेको बताएका छन् भने यस कानुनको मुख्य उद्देश्य पश्चिमा मुलुक भन्दा अन्य राष्ट्रबाट आउने आप्रवासीहरुलाई लक्षित गरिएको आरोप लगाएका छन् ।
उनीहरु भन्छन्, अंग्रेजी भाषा परिक्षा सन् १९०१ देखि १९६० को समयमा “गोरा अष्ट्रेलियन” ले युरोप बाहेकका अन्य आप्रवासीलाई अष्ट्रेलिया प्रवेसमा रोक लगाउन लागु गरिएको थियो ।
प्रतिपक्षी लेबर पार्टीले, यसले अष्ट्रेलियालाई पुन सन् १९५० को दशकमा धकेलिएको बताएका छन् ।
बहुसांस्कृतिक मामिला मन्त्री , एन्ड्र्यू जिल्स भन्छन्, “ अग्रेजी भाषा प्रविणताको आधारमा मानिसको प्रेमको जाँच गर्न मिल्दैन ।”
स्थायी भिसा आवेदन दिने जोडीहरुले यस नियमले अहिले रहेको परिक्षा र नियममा थप बोझ भएको बताएका छन् ।
अहिले स्थायी भिसा आवेदन दिएका पार्टनरहरुको लागि दुई वर्ष अवधिको प्रतिक्षा र सात हजार सात सय १५ अष्ट्रेलियन डलर तिर्नुपर्ने नियम रहेको छ ।
तथ्यांकको अनुसार, सन् २०१७-२०१८ मा करिब ४० हजार स्थायी भिसा दिइएको थियो जुन आवेदनको केवल आधा मात्र रहेको छ ।
सन् २०१६ को जनगणनाको अनुसार अष्ट्रेलियामा करिब तीन सय अन्य भाषा बोलिन्छ ।
दोश्रो विश्व युद्धपछि कोरोनाको कारण यस वर्ष पहिलो पटक अष्ट्रेलियामा आप्रवासीको आगमनमा कमि आएको छ ।








