प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टाइनमा

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टाइनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना कोरोना संक्रमण पुष्टि भएको सैनिक मुख्यालयले जनाएको छ ।

भान्छेमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा होम क्वारेन्टाइनमा बसेका हुन् । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम होम क्वारेन्टाइनमा बसेको सेनाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु