माघ २९ । काठमाडौं, २९ दलको असहमतिकाबीच संविधानसभाको बिहीबारको बैठकले प्रश्नावली प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदन गरेको छ ।संविधान सभामा प्रतिनिधित्व गर्ने ३१ दलहरु मध्ये २९ दलको बहिस्कारका बीच संविधानसभा बैठकमा समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले प्रस्तुत गरेको प्रस्तावलाई बैठकले रुपमा अनुमोदन गरेको हो ।प्रस्ताव पेश गर्दै सभासद गुरुङले विवादका १०३ विषयमा २३२ प्रश्न बनाइएको जानकारी दिनु भयो ।
अनुमोदित प्रतिवेदनका कतिपय विषयमा आफ्नो दलको असहमति रहेको जानकारी नेपाल मजदुर किसान पार्टीले जनाएको छ ।
प्रस्ताव अनुमोदन भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । यो अवधिमा राजनीतिक दलहरुबीच विवादित विषयमा सहमतिको प्रयास गरिने छ ।
बैठकमा एनेकपा माओवादी नेतृत्वको मोर्चाका १ सय ४९ सभासदको र राप्रपा नेपालका २४ सभासद पनि बैठकमा अनुपस्थित थिए ।







