काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार चार सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।
यस अवधिमा अमेरिकामा ४२ हजार पाँच सय १३, ब्राजिलमा ३४ हजार तीन सय ६०, अर्जेन्टिनामा र पेरुपमा नौ नौ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा भारतमा नौ सय ४४ जनाले काराेना संक्रमणका कारण ज्यान गुमाएका वर्ल्डओमिटरमा उल्लेख छ। आइतबार बिहानसम्मको तथ्यांकअनुसार त्यहाँ अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३ हजार ६ सय ५७ पुगेको छ।
पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार दुई सय ७८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा नौ सय ५४ जनाले ज्यान गुमाएका छन्।








