शनिबार रातिदेखि ठुलो बर्षा हुने, सतर्क रहन सबैलाई आग्रह

काठमाण्डौ । मनसुनी न्यूनचापीय रेखा नेपालको नजिकै आएकोले शनिबार रातिदेखि ठुलो बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले ठुलो बर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्ने भएकोले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले घाम लागेको ठाउँको मौसम पनि दिउँसोपछि बादल लाग्नेछ । यस्तै कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने उहाँको भनाइ छ ।

कँडेलले शनिबार दिउँसो देशभरिकै मौसम सामान्य बदली भई प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको जानकारी दिइन ।

यस्तै राति प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने भएकाले नदी आसपास, तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् कँडेलले आग्रह गरेकी छिन ।

यसैबीच कास्कीको लुम्ले र आसपासका क्षेत्र तथा सिन्धुपाल्चोकको बाह्रबिसे र आसपासका क्षेत्रमा राति ठूलो पानी परेको छ । यस क्षेत्रमा अझै पानी पर्ने सम्भावना रहेकोले क्कासी बाढी आउने र पहिरो खस्न सक्ने भएकाले बिहान १० बजेसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।

सम्बन्धित शिर्षकहरु