नेपालमा उपचाररत रहेका कोरोना संक्रमितमध्ये ३६ जनाको अवस्था गम्भीर कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । बिभिन्न अस्पतालमा उपचाररत रहेका कोरोना संक्रमितमध्ये ३६ जनाको अवस्था गम्भीर देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितमध्ये ३६ जनाको अवस्था गम्भीर रहेको हो ।

नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण भएपछि कुल सक्रिय संक्रमितको संख्या ५ हजार ७३२ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सोमवार थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ। कुल संक्रमित मध्ये ६१ प्रतिशत उपचार पछि फिर्ता भएपनि उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका ५ हजार ७३२ जना कोरोना संक्रमितमध्ये ३६ जना को अवस्था गम्भीर रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार अपरान्ह चारबजेसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३६ संक्रमितको अवस्था चिन्ताजनक रहेको जनाएको छ।

त्यसमध्ये दुईजनालाई भेन्टिलेटरमा छन् भने ३४ जना आइसीयूमा छन् । सबैभन्दा बढी बागमती प्रदेशमा २१ संक्रमित आइसीयूमा छन् भने एक जना भेन्टिलेटरमा रहेको बताइएको छ । यस्तै प्रदेश नम्बर २ मा सात जना आइसीयूमा, प्रदेश नम्बर १ मा तीन जना आइसीयूमा र एक जना भेन्टिलेटरमा छन्। प्रदेश नम्बर ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा एकएकजना बिरामी आइसीयूमा उपचारारत रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु