छोरा प्रकाशको नाम लिंदा भावुक बन्दै प्रचण्डले यसो भने

भरतपुर । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दिवंगत प्रकाश दाहालको स्मृतिमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मुवाँथाई तथा बृहत तेक्वान्दो प्रतियोगिता अाजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  गरेका हुन् ।

प्रतियोगीताको उद्घाटन गर्ने क्रममा अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकास र प्रतियोगिताहरुबाट संघीयतालाई सही अर्थमा स्थापित गर्न र स्वस्थ नागरिक निर्माणमा ठूलो योगदान पुगेको बताएका छन् ।

‘हामीले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकूद हुनुपर्छ भनेर पदमा रहँदा र नरहँदा पनि सक्दो भूमिका निर्वाह गरेका छौं ।’ अध्यक्ष दाहालले भने, ‘अहिले संघीयतामा देश गएको बेला प्रदेशस्तरमा समेत प्रतियोगिता हुनु सुखद कुरा भएको छ । यसले संघीयता बलियो बनाउन सहयोग पुर्याउँछ ।’

प्रकाश दाहालको नाम उच्चारण गर्दा भावुक बनेका प्रचण्डले चितवन जिल्लाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता गर्न सक्षम रहेको सन्देश दिएको तथा यसबाट खेल क्षेत्रमात्रै नभएर चितवनको पहिचान र आर्थिक समुन्नतीमा समेत ठूलो योगदान पुग्ने उनले बताए ।

सम्बन्धित शिर्षकहरु