यसरी बच्नुहोस आत्महत्या र निराशाको सोचबाट (भिडियो सहित )

के तपाई आत्महत्या गर्ने सोचाइमा हुनुहुन्छ ? तपाईलाई सधैभरी चिन्ता डर हिनताबोध जस्ता नकारात्मक सोचहरु आइरहन्छ ? यदि तपाईलाई यस्तो मानसिक समस्या छ भने यी कुराहरुलाई याद गर्नुहोस ।

निराशावादिता जिवन होइन, मृत्यू हो भने आशावादिता जीवन हो । जीवनलाई अवसरको रुपमा लिनुपर्छ । तबसम्म यो संसारमा जीन्दगी खुशी र आनन्दले जीउन सक्छौ । जीन्दगीप्रति तपाई निराश भएमा भित्र रहेको आनन्द क्षय हुन्छ र बेचैनी बढ्छ । तपाइको बिचारमा नकारात्मक कुराहरु मात्र आइरहन्छ भने अल्जायमर नामक रोग बढ्दै जान्छ । यसले बाँच्नुको अर्थ देखाउदैन र जीवन समाप्त्त पार्नतिर लैजान्छ ।

मानिसको जन्म सबभन्दा ठूलो अवसर हो । ब्रम्हण्डमा रहेको विभिन्न तत्वहरु नै यो शरीरमा रहेका छन् । आफूभित्र भित्री संसार छ भन्ने कुरा थाहा नपाएर मानिस निराश हुन्छ र अन्तिममा आफैले आफैलाई सिध्याउन तिर लाग्छ । ठूलो समस्या आउदा मानिसले जीवनलाई समाप्त्त पार्न सोचिरहन्छ भने झन समस्या मजबुत बनेर जान्छ । समस्या समाधान गर्नकै लागि यो शरीर बनेको हो । करोडौ करोड सुक्रकिट बीज वा भु्रणलाई जीतेर हामी गर्भमा सृष्टि हुन्छौ ।

त्यसपछि कति रोगसँग लडेर, बाल्यकाल पार गर्दै, विपत्ति, प्रकोप आदिलाई उछिनेर किशोर अवस्थाबाट युवा अवस्थामा पुग्छौ । एक तथ्यांक अनुसार एउटा मान्छेको एक सेकण्डको मुल्य भनेको करिब ५० हजार डलर पर्न आउछ । यत्रो मुल्यवान शरिरभित्र त्यत्तिकै मुल्यवान अंगहरु छन् । जति मुल्य दिएपनि कुनै अंग हामी अरुलाई बेच्न सक्दैनौ ।

यो भयावह संसारमा कसरी आत्महत्याबाट जोगिन सक्छौ ? । एउटा समाजले कसरी उसलाई सहयोग गर्न सक्छ ? विश्व श्वास्थ्य संगठनकोे तथ्यांक अनुसार विश्वमा करिब २० सेकेण्डमा एउटा मान्छेले आत्महत्या गर्छ । यो अति सोचनीय बिषय हो । समाजमा आत्महत्या गर्नेलाई विभिन्न लाच्छना लाउदै दोषी देखाउछौ तर त्यसको कारण समाज, संस्कार देश परिवार आदि पनि हुन् ।

जीन्दगी बेकार लागेको छ भने सबैभन्दा पहिले जीन्दगीको महत्वको बोध गर्नुहोस् । मृत्यू नै सबै कुराको समाधान होइन । ‘लाग्यो ठेस हिड्न सिकाएर जान्छ,आयो दुख बाँच्न सिकाएर जान्छ ।’ निराशा र आत्महत्याको सोचलाई पालिरहनु भएका व्यत्तिहरुले तल दिइएका टिप्सलाई सहयोगी साथीको रुपमा लिनुहोस् ।

(१) हरेक समस्या जहिले पनि कमजोर हुन्छ त्यसलाई ठूलो नसम्झनुहोस् ।

(२) आफूभित्र भएका राम्रा कुराहरुलाई एउटा सूची बनाउनुहोस्, त्यसले बाँच्ने आशा बढाउछ ।
(३) समस्यालाई आफैमा सिमित नराख्नुहोस्, सम्बन्धित विज्ञहरुसँग र आफ्ना मित्रजनसँग सल्लाह लिनुहोस् । पहिल्यै आफूले निर्णय नगर्नुहोस् । यसरी आधा समस्या हराएर जान्छ र बाँकी आधा समस्यालाई प्रेरणाले जगाउन सक्नुहुन्छ ।
(४) जिन्दगीमा निराशा, हतोत्साह आयो भने कहिल्यै एक्लो नबस्नुहोस्, कुनै सिर्जनामा आवद्ध हुने गर्नुहोस् । आफुले आफैलाई हौसला दिने र प्रेरित गर्नुहोस् ।
(५) समस्यामा होइन, समाधानमा मात्र केन्द्रित हुनुहोस् ।
(६) संसारमा असफल भएर पनि माथि उठेका व्यक्तिहरुको उदाहरणलाई हेर्नुहोस्
(७) प्रेमी वा प्रेमीकाले धोका दिएको छ भने सम्झनुहोस समयमै त्यस्तो व्यत्तिबाटसचेत हुन पाइयो ।
(८) संसारमा कोही पनि मानिस पूर्ण छैन भन्ने कुरालाई बिचार गर्नुहोस् ।
(९) समाजमा निराश भएमा अपमानित भएका अरु मानिसहरुलाई पनि उठाउन पहल गरौ ।
(१०) समाजमा र परिवारमा कोही निराश र दुखि छ भने उसका कुरा सुनिदिउ ।
(११) सम्पन्न मानिसहरुको जीवनशैलीको देखासेखि नगर्नुहोस् ।
(१२) तपाइको उपलब्धी सबैको लागि खुशीको कुरा हुन्छ भन्ने छैन । तर आफूले दिएका खुशी वा सफलताका अभिव्यत्तिले अरुलाई हेप्ने, डाही तुल्याउने, होच्याउने नभइ उत्प्रेरणा दिने खालको हुनुपर्छ ।

(१३) ध्यान र योगबाट विस्तारै आत्महत्या गर्नबाट मनलाई शान्ततिर लैजान्छ ।

जीवनमा सबै कुरा सकियो भनेर मृत्यूलाई चाहना गर्नु भएको छ भने यो आवाजलाई एकैछिन सुन्नुहोस् ।

सम्बन्धित शिर्षकहरु